भारतमा खाना पकाउने ग्यासमा सहुलियत, पेट्रोल र डिजेल सस्तो
नयाँ दिल्ली । पछिल्लो समय महंगो पेट्रोल र डिजेलदेखि हैरान भएका भारतीयहरुका लागि सरकारले मूल्यवृद्धिमा कटौती गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार नरेन्द्र मोदी सरकारले इन्धनको उत्पादन शुल्क कटौती गर्ने निर्णय गरेको हो । वित्तमन्त्री निर्मला सीतारमणले ट्विटमार्फत पेट्रोलको उत्पादनशुल्कमा आठ र डिजेलमा सात भारतीय रुपैयाँ कटौती गर्ने जानकारी दिएकी हुन् ।
मोदी सरकारले यो निर्णय लिएसँगै पेट्रोल अब साढे नौ रुपैयाँ सस्तो हुने र डिजेल पनि सात रुपैयाँ सस्तो पर्न जानेछ । यसले भारतीय केन्द्र सरकारलाई वर्षेनी एक लाख करोडको बोझ थपिनेछ । वित्तमन्त्री सीतारमणले सबै राज्य सरकारहरुलाई अपिल गर्दै भ्याटमा कटौती गरी जनतालाई राहत दिन अपिल गरेकी छिन् । उनले खासगरी सन् २०२१ नोभेम्बरदेखि भ्याटमा कटौती नगरेका राज्यहरुलाई यस्तो अपिल गरेको बताइएको छ ।
यसबाहेक मोदी सरकारले यो वर्ष प्रधानमन्त्री उज्वला योजनाका करिब नौ करोड लाभार्थीहरुलाई ग्यासमा सब्सिडी (सहुलियत) दिने निर्णय गरेको छ । सरकारले प्रतिग्यास सिलिन्डर दुई सय भारु सहुलियत दिनेछ । यसो गर्दा केन्द्र सरकारलाई वर्षेनी ६१ अर्ब भार थपिनेछ । मानिसहरु धेरै दिनयता महंगीले त्रस्त छन् । अहिले महंगी दर सात प्रतिशत नजिक पुगेको छ । रिजर्व बैंकले समेत यही कारण रिपो दरमा ४० आधार अंकको बढोत्तरी गर्नुपरेको छ । अहिले इन्धनदेखि खाना पकाउने तेल, तरकारी, गहुँलगायत अन्नअनाजको समेत मूल्य आकाशिएको छ । यसले जनताको खर्च निकै धेरै भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया