प्लाष्ट नेपालद्वारा प्लाष्टिक प्रदर्शनी आयोजना
काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेुनले राजधानीमा तीन दिने प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । आगामी बिहीबारदेखि शनिबारसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘प्लाष्ट नेपाल २०२२’ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना हुनलागेको हो । फाउन्डेसनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको हो । पहिलो संस्करणको प्रदर्शनी २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो ।
तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब पाँच हजार वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिब एक लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न एक सय २६ वटा स्टलहरु राखिनेछन् । प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो ।
यसले नेपालमा प्लाष्टिकको दिगो वृद्धिको लागि निरन्तर काम गरिरहेको छ । नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरुसँग मिलेर काम गरिरहेको छ । नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलब्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया