Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकद्वारा एकैदिन चार शाखा उद्घाटन

नेपाल बैंकद्वारा एकैदिन चार शाखा उद्घाटन


काठमाडौं । नेपाल बैंंकले एकै दिन चारवटा शाखाको समुद्घाटन गरेको छ । बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चारवटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकले टोखा नपा वडा नं. ६ टोखा रोडस्थित ग्रीनल्याण्डमा, नार्गाजुन नपा वडा नं. १ स्थित रानिवन चोकमा, कामपा वडा नं. १३ को रिङरोड सितापाइला चोकमार कामपा वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल बैंकको शाखा संख्या दुई सय १७ वटा पुगेको छ ।

बुधबारदेखि सञ्चालनमा आएका नयाँ शाखाहरूमध्ये ग्रीनल्याण्ड शाखाको सचिव एवं नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले संयुक्तरूपमा समुद्घाटन गरेका हुन् । अन्य तीन शाखाहरूमा सफ्ट लन्चसहित कारोबार सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।

ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा मन्तव्य राख्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रीनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोबार गर्न अझ सहज बनाउने बताए । उनले नेपाल बैंक नेपालकै पहिलो र विश्वासिलो बैंक भएको चर्चा गर्दै नगरवासीलाई यो बैंकसँग ढुक्कसँग कारोबार गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष अर्यालले ग्रीनल्याण्ड शाखाले यस आसपासका जनतालाई बैंकिङ कारोबार गर्न सहज तुल्याउने विश्वास व्यक्त गर्दै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको बताए ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले विस १९९४ मा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफूलाई उभ्याउँदै बैंकिङ सेवा दिने क्रममा यस टोखा नगरवासीको सेवाको लागि शाखा स्थापना गरिएको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ सेवा भावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समयसँगै अगाडि बढिरहेको विषय राख्दै टोखा नगरवासीको विश्वास जित्न नेपाल बैंक सफल हुनेछ भन्ने विश्वास एवं प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, टोखा ६ का वडा अध्यक्ष शान्ता पौडेल खनाल, नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल र प्रकाश कुमार अधिकारी, वडा नं. ६ का वडा सदस्यहरू, व्यवसायीहरू, सेवाग्राहीहरूलगायतको उपस्थिति रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x