युरोपमा मंकीपक्सका संक्रमितको संख्या वृद्धि
ब्रसेल्स । युरोपेली मुलुकहरुमा पछिल्लो समय मंकीपक्सबाट संक्रमित भएकाहरुको संख्या बढ्दै गएको छ । युरोपेली स्वास्थ्य अधिकारीहरुले मंकीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
संक्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ । मंकीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरीरमा विमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन् ।
अफ्रिकाका कतिपय ठाँउमा मंकीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ । अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मंकीपक्सबाट संक्रमितको संख्या बढेको छ । अहिलेसम्म बेलायतमा ७१ मा संक्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई मंकीपक्सको संक्रमण देखिएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया