निजी प्रयोजनका सवारीको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन नाडाकोे आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका सवारीहरु कार, जिप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।
नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै नाडाले उक्त आग्रह गरेको हो । नाडाले वर्तमान परिदृश्यमा नाडाको दृष्टिकोण– यात्रु अटोमोबाइलको आयातमा प्रतिबन्ध नामक प्रतिवेदन सार्वजनिक गरेको छ । एक खर्बभन्दा बढीको लगानी रहेको नेपालको अटोमोबाइल्स क्षेत्रले हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पु-याउँदै आएको नाडाको भनाइ छ ।
यस्तै देशको प्रत्यक्ष रोजगारीमा यस क्षेत्रले प्रत्यक्ष रुपमा एक लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आएको छ । आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजर अन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जिप र भ्यानलाई आउँदो असार मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिबन्ध लगाएको नाडाको आरोप छ ।
नाडाले केही दिनअघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत् सुझाव समेत पेश गरिसकेको छ । नाडाले सार्वजनिक गरेको उक्त प्रतिवेदनले नेपालको अटोमोबाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा गरेको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया