काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी राइड
काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट सुरु भएर बालकुमारी, तीनकुने, एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो ।
उक्त राइडमा सहभागीहरुबीच एकतामूलक विभिन्न गेमहरु समेत खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरञ्जनात्मक र अन्तक्र्रियात्मक कार्यक्रमहरु गरिएको थियो । राइडमा टीभीएस एनटर्कका ७० जना राइडरहरुका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो ।
साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकारहरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख विक्रम पौडेलले जानकारी दिए । टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्ष्याको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्ष्याको जानकारी प्राविधिक टिमले दिएको थियो । नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो ।
राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया