वातावरण संरक्षण तथा दिगोपना विकासका लागि खुकुरी रम प्रतिबद्ध
काठमाडौं । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । विश्व वातावरण दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेको समेत जनाएको छ । यसलाई आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
यस्तै कम्पनीले सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने उल्लेख गरेको छ । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर कम्पनीले आफ्ना सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको जनाएको छ । कम्पनीले बोतलहरु पुनः प्रयोग गर्ने गरेको र हाल कम्पनीका उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको जानकारी दिएको छ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत कम्पनी अग्रसर रहेको कम्पनीको भनाइ छ ।
हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् । यस्तै कम्पनीले ग्रिन इनर्जीमा समेत काम गरिरहेको छ । आगामी तीन वर्षभित्रमा ग्रिन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पु-याइसक्ने कम्पनीका महाप्रवन्धक सुभास लामिछानेले जानकारी दिए । कम्पनीले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइको काम समेत गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य (अभियान) जारी राख्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया