प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा जानकारी गराउन सांसदहरूको माग
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणका बारेमा संसद र जनतालाई जानकारी गराउन सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनीहरूले प्रधानमन्त्रीले गर्ने कुनै पनि भ्रमणअघि सबै दलसँग आवश्यक छलफल र परामर्श गर्दा उपयुक्त हुने बताएका छन् ।
परराष्ट्र नीति कार्यान्वयनसम्बन्धी भएको छलफलमा समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र नीति कार्यान्वयन सम्बन्धमा विगतदेखि नै भएका गतिविधि समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । उनले नीति कार्यान्वयनलगायत विषयका लागि राष्ट्रिय शक्तिका बीचमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा समिति, संसद् र सम्पूर्ण देशलाई् जानकारी हुनुपर्ने भन्दै उनले यस विषयमा परराष्ट्रमन्त्रीको धारणा आवश्यक रहेको बताए । परराष्ट्र नीति कार्यान्वयन गर्दा छिमेकी मुलुकलाई सशंकित बनाउने काम गर्न नहुने उनको भनाइ थियो । बैठकमा समिति सदस्य एवं पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री देउवाको भ्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई समितिमा आमन्त्रण गरेर स्पष्ट पार्नुपर्ने माग गरे ।
यस्तै समिति सदस्य पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सबै दलसँग परामर्श गरेर एक बोलीका साथ जाँदा उपयुक्त हुने बताए । उनले कुनै छिमेकीलाई चिढाउने र कुनै छिमेकीलाई रिझाउने गरी पराराष्ट्र नीति कार्यान्वयन गर्न नहुनेमा जोड दिए । बैठकमा सांसद दिव्यमणि राजभण्डारीले विगतमा सरकार प्रमुखले रातिराति गोप्यरूपमा भेटघाट गर्ने गरेको प्रसंग उल्लेख गर्दै अहिलेका भेटघाट पारदर्शी भएको बताए । उनले विदेशीसँगका सबै भेटवार्ता पारदर्शी हुनुपर्नेमा जोड दिए । नेपालमा कति कुन पेसासँग सम्बन्धित विदेशी छन् भन्ने सम्बन्धमा कुनै देश लक्षितभन्दा पनि सम्पूर्ण विवरणबारे जानकारी राख्नुपर्ने उनको भनाइ थियो ।
बैठकमा सांसद सुरेन्द्रकुमार कार्कीले नयाँ परिवेशमा परिमार्जित ढंगले शान्तिको प्रस्ताव अघि बढाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै यसमा सबै पार्टी र सरकार मिलेर छिमेकीसँग वार्ता गर्न सुरु गर्नुपर्ने बताए । समिति सभापति पवित्रा निरौला (खरेल)ले आगामी बैठकमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई आमन्त्रण गरेर भ्रमणबारे स्पष्ट पार्न आग्रह गर्ने बताइन् । बैठकमा सांसदहरू लीलादेवी सिटौला, चाँद ताराकुमारी, मोहन बानियाँ, नारदमुनी राना, पुष्पाकुमारी कर्णालगायतले परराष्ट्र नीति कार्यान्वयन सम्बन्धमा आफ्ना धारणा राखेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया