मेडिसिटी वयोधा अस्पतालमा रक्तदान कार्यक्रम
काठमाडौं । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी वयोधा अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसको रुपमा मनाइने क्रममा मेडिसिटी अस्पतालले नेपाल रेडक्रस सोसाइटी, वीरगञ्जको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघ÷संस्था, स्थानीय नागरिक, अस्पतालका कर्मचारीहरुले रक्तदान गरेका छन् । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान जीवनदान भनिए पनि हत्तपत्त मानिसहरु रक्तदान गर्न अभिप्रेरित नहुने भएकोले जनचेतना अभिवृद्धिमा अझ बढी काम गर्नुपर्ने बताए । अस्पतालले आमनागरिकहरुको स्वास्थ्यमा ध्यान दिँदै सबैलाई उपचार गर्ने अवस्था सिर्जना गर्नुपर्ने र पैसाको अभावमा बिरामीहरुलाई उपचार नगर्ने, पैसा नतिरेकाका लागि अस्पतालले बन्धकी बनाउनेजस्ता कार्यहरु गर्न नहुनेमा उनले जोड दिए ।
मेडिसिटी वयोधा अस्पतालका प्रमुख विजय रिमालले हालै नेपाल मेडिसिटी अस्पताल काठमाडौंले नारायणी वयोधा अस्पतालको स्वामित्व ग्रहण गरी अस्पतालको व्यवस्थापनलाई अझ परिष्कृत गर्दै लगेको बताए । साथै उनले निकट भविष्यमा क्याथ ल्याबसहित मुटुरोगको सम्पूर्ण उपचारका लागि नेपाल मेडिसिटी अस्पतालबाट चौबीसै घण्टा विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गर्ने योजना रहेको जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया