बागमती प्रदेशको कृषि क्षेत्रमा एक खर्ब तीन अर्ब कर्जा
काठमाडौं । बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौंको अधिकांश खेतीयोग्य जमिन आवासमा परिणत भइसकेको छ । जग्गा प्लटिङ र संयुक्त आवास निर्माणको लागि भन्दै कृषियोग्य जमिनको ठूलो हिस्सा आवासमा परिणत हुँदा काठमाडौंमा खेतीयोग्य जमिनको अभाव हुँदै गएको छ । काठमाडौं जिल्लाका काँठ क्षेत्रमा केही खेतीयोज्य जमिन बाँकी भए पनि सिँचाइ एवं अन्य कृषिजन्य पूर्वाधारको अभावमा यी क्षेत्रको कृषि निकै कमजोर छ ।
तर यहीबीचमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी बागमती प्रदेशको अर्ध–वार्षिक प्रतिवेदनले भने बागमतीका १३ जिल्लामध्ये सबैभन्दा बढी कृषिकर्जा काठमाडौं जिल्लामा प्रवाह भएको देखाएको छ । जहाँ कृषिको लागि पर्याप्त जमिन नै छैन त्यहाँ अत्यधिक मात्रामा कृषि कर्जा प्रवाह हुनुले यस जिल्लाको कृषि कर्जामा चरम दुरुपयोग भएको हुनसक्ने देखिएको छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको कमजोर नियमन र बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थी समूहको हालीमुहाली बढ्दा कृषिकर्जाको नाउँमा घुमाउरोरुपमा ठूलो परिमाणको कर्जा रियलस्टेमा गएको हुनसक्ने आशंका छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार बागमती प्रदेशको कुल कृषि कर्जा तीन दशमलव तीन प्रतिशतले बढेर एक खर्ब तीन अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २० दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । यसक्षेत्रमा बैंक तथा वित्तीय संस्थाले चार प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।
प्रतिवेदनअनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी कृषिकर्जा नै काठमाडौं जिल्लामा प्रवाह भएको छ । काठमाडौं जिल्लामा मात्र कुल ४१ अर्ब ७३ करोड २० लाख रुपैैयाँ कृषिकर्जा प्रवाह भएको छ । ‘यो सिंगो बागमती प्रदेशमा प्रवाह भएको कुल कृषि कर्जामध्येको ४० दशमलव चार प्रतिशत हो’, राष्ट्र बैंकले भनेको छ । यसबाहेक दोलखामा ७५ करोड २१ लाख अर्थात् शून्य दशमलव सात प्रतिशत, सिन्धुपाल्चोकमा एक अर्ब २९ करोड १३ लाख अर्थात् एक दशमलव दुई प्रतिशत, रसुवामा ५८ करोड ९९ लाख अर्थात् शून्य दशमलव छ प्रतिशत, धादिङमा चार अर्ब आठ करोड ५१ लाख अर्थात् चार प्रतिशत कृषि कर्जा प्रवाह भएको छ । यसैगरी नुवाकोटमा तीन अर्ब ८७ करोड १२ लाख अर्थात् तीन दशमलव सात प्रतिशत, भक्तपुरमा दुई अर्ब ५१ करोड ३६ लाख अर्थात् दुई दशमलव चार प्रतिशत र ललितपुरमा तीन अर्ब १६ करोड ५९ लाख अर्थात् तीन दशमलव एक प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ ।
यसैगरी काभ्रेपलाञ्चोकमा पाँच अर्ब २८ करोड ९२ लाख अर्थात् पाँच दशमलव एक प्रतिशत, रामेछापमा ६३ करोड ५३ लाख अर्थात् शून्य छ दशमलव छ प्रतिशत, सिन्धुलीमा एक अर्ब ९० करोड २७ लाख अर्थात् एक दशमलव आठ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ । मकवानपुर र चितवन जिल्लामा भने क्रमशः छ अर्ब ६५ करोड ८६ लाख र तीन अर्ब नौ करोड २४ लाख २४ हजार रुपैैयाँ कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ । ‘यो कर्जा भनेको सिंगो बागमती प्रदेशको कृषि क्षेत्रमा प्रवाह गरिएको कुल कर्जाको क्रमशः छ दशमलव चार र २९ दशमलव नौ प्रतिशत हिस्सा हो’, राष्ट्र बैंकले भनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया