विभागद्वारा कपडा व्यवसायी भगतको भन्सार एजेन्टको परीक्षा रद्द
विराटनगर । विराटनगर भन्सारले विभिन्न भन्सार एजेन्टको आईडी प्रयोग गर्दै भन्सार क्लियरिङको काम गर्दै आएका एक कपडा व्यापारीले दिएको भन्सार एजेन्टको परीक्षा रद्द गरिदिएको छ । परीक्षार्थीको आवश्यक प्रमाणपत्र नपुगेको भन्दै विभागले परीक्षा उत्तीर्ण गरेको नामावलीबाट नाम हटाएको हो ।
विराटनगरको महावीर रोडमा फेन्सी पसल गर्दै आएका सञ्जित भगतले एक महिनाअगाडि भन्सार विभागले लिएको भन्सार एजेन्टको परीक्षामा सहभागी हुनका लागि नक्कली कागजात बनाएका थिए । भगतले नक्कली कागजात बनाएर भन्सार एजेन्टमा सहभागी भएको दाबीसहित भन्सार एजेन्ट किशोर साहीले उजुरी गरेपछि उनको परीक्षा रद्द गरी मौखिक परीक्षामा सहभागी नगराउने भन्सार विभागले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
स्रोतका अनुसार कपडा व्यवसायी भगतले विराटनगर भन्सारमा कार्यरत भन्सार एजेन्ट किशोर साहीको क्लियरिङ फर्म प्रयोग गरेर नक्कली कागजी प्रक्रिया पूरा गरी भन्सार एजेन्टको परीक्षामा सहभागी भएको रहस्य खुल्नासाथ शाहीले भन्सार विभागमा उजुरी गरेका थिए । भगत भन्सार एजेन्टको लिखित परीक्षामा उत्तीर्ण भए पनि अन्तरवार्तामा सहभागी हुनका लागि प्रकाशित भएको नाम नै रद्द गरेको भन्सार विभागले जनाएको छ ।
स्रोतका अनुसार तत्कालीन भन्सारप्रमुख शिव भण्डारीलाई भगतको बारेमा सबै कुरा जानकारी हुँदाहुँदै पनि भण्डारीले भगतलाई गोप्यरूपमा सिफारिस गरी भन्सार एजेन्टको परीक्षामा सहभागी गराएका थिए । भगतविरुद्ध उजुरी परेपछि उनले पेस गरेको कागजातलाई आधार मानी छानबिन गर्दा उनको न्यूनतम योग्यता नपुगेकोले यही असार ११ गतेको निर्णयबाट भन्सार एजेन्ट परीक्षामा उत्तीर्ण भएका भगतको परीक्षा भन्सार विभागले रद्द गर्दै अन्तरवार्ताको सूचीमा रहेको नाम समेत हटाएको जानकारी दिएको छ ।
भगतले लामो समयदेखि विभिन्न ब्राण्डका कपडाहरू प्रहरीकै सेटिङमा अवैध बाटो हुँदै कारोबारलाई तीव्रता दिँदै आएका छन् । पछिल्लो समय सरकारले कपडा आयातका लागि एलसी खोल्न कडाइ गर्नासाथ उनको कारोबारले समेत तीव्रता लिएको व्यवसायीहरू बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया