एसईईमा सहभागी विद्यार्थीहरुका लागि फुटसल र बास्केटबल प्रतियोगिता
काठमाडौं । युनिग्लोब सेकेन्डरी स्कुल/कलेज कमलादी, काठमाडौंको आयोजनामा एसईई फुटसल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिता बिहीबारदेखि शनिबारसम्म कमलादीस्थित युनिग्लोब सेकेन्डरी स्कुल/कलेजमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता आयोजना गरिएको हो । फुटसलको विजेता टोलीले नगद ५० हजार, उपविजेताले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले २५ हजार, उपविजेताले १५ हजार र तृतिय हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
फुटसलतर्फ ६४ वटा टिम र बास्केटबल पुरुषतर्फ ३२ वटा टिम र बास्केटबल महिलातर्फ १६ वटा टिम सहभागी हुनेछन् । कमलादीस्थित युनिग्लोब कलेजमा मंगलबार पत्रकार सम्मेलन गरी सम्पुर्ण टिमहरुलाई ओरियन्टेसन गरी कार्यक्रमबारे जानकारी दिइएको थियो । उक्त खेलमा यस वर्ष एसईई दिएर बसेका विद्यार्थीहरुमात्र सहभागी हुन सक्नेछन् भने सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया