बैंकिङ कसुर मुद्दामा भागेका व्यक्ति कपनबाट पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाका अनुसार सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौको बूढानीलकण्ठ ज्योतिनगर बस्दै आएका ३४ वर्षीय रौशन कुमार गुप्तालाई सोमबार काठमाडौंको कपनस्थित एकताबस्तीबाट पक्राउ गरिएको हो ।
प्रतिवादी गुप्ताले वि.सं. २०७६ वैशाख ४ गते सानिमा बैंकको काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंकको खातामा पर्याप्त रकम मौज्दात नभएको जानी जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।
प्रहरी उपरीक्षक थापाका अनुसार बैंकिङ कसुर मुद्दामा प्रतिवादी गुप्तालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । अदालतको उक्त फैसलालगत्तै फरार रहेका गुप्तालाई सीआईबीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार कपनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्तालाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया