सोलुखुम्बु । खोटाङको रावाखोलामा प्रशस्त पाइने असला माछा अहिले भने पाउन नै मुस्किल हुने गरेको छ । केही बर्षसम्म बाक्लो पाइने असला अहिले निकै पातलो भएको जलारीहरू बताउँछन् ।
विष हाल्ने, करेन्ट लगाउने जस्ता कार्यबाट माछा मार्ने क्रम बाक्लिएपछि असला माछाको संख्यामा पातलोपन आएको स्थानीयको बुझाई छ । वडा न. १ का वडा अध्यक्ष गेहन्द्रमान राईले रावाखोलामा माछाको संरक्षणका लागि विष हाल्न र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको बताए ।
‘यस विषयमा हामी जनप्रतिनिधि र स्थानीयवासी पनि निक्कै लागि परेका छौ, हामी माछाको संरक्षणमा विषेश योजना नै तयार गरि अघि बढ्छौ’, उनी भन्छन् । ठाउँलाई समेत चिनाएको माछा पछिल्लो समय हराउँदै जाँदा चिन्ता थपिएको अर्का स्थानीय भुवन राईले बताए । उनले भने, ‘यहाँको माछा जिल्लामा मात्रा नभई देशमै प्रख्यात थियो कुनै समय, रावाखोलाको माछाकै कारण रावावेशी ठाउँ परिचित छ, तर विडम्बना अहिले यहाँको चिनारी नै अराउने अवस्थामा पुगेको छ ।’
खोलामा रावाखोलाको असला र त्यसको सुकुटी माछा प्रचलित छ । खोलामा असलाको अलवा कत्ले बुदुना, नकटा, लोहोरी, बाम माछा पनि पाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया