माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा गढीमाई मन्दिरपरिसरमा
काठमाडौं । डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यूआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्तरूपमा गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलाई हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजन देव भट्टराई, प्रहरी उपरीक्षक होमेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य जय मुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत स्थानीय व्यापारी, सर्वसाधारण एवं बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरूले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरूले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया