जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालना गर्न आग्रह
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड, डेंगीलगायतका रोगहरुबाट बच्न जनस्वास्थ्यका आधारभूत मापदण्डहरुको पालना गर्न आग्रह गरेका छन् । कोभिड–१९ को नियन्त्रणसँगै हाल डेंगु लगायतका सरुवा रोग, विभिन्न संक्रामक रोग र नसर्ने रोगले समेत मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै उनले जनस्वास्थ्यका आधारभूत मापदण्डहरुको पालना गर्न आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेशसभाको भूमिकासम्बन्धी दुई दिने अन्तत्र्रिmया कार्यक्रममा उनले सबै रोगहरुको नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा समेत जोड दिए । कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधिहरु गम्भीर रहेको र उनीहरुको भूमिकाबारे आफूहरु निरन्तर छलफल गरिरहेको बताए ।
जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै उनले संघ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताए । ‘संघ र प्रदेशसँग जोडेर हामीले धेरै कार्यक्रम ग¥यौँ, अब स्थानीय तहसँग पनि जोड्नुपर्नेछ’, उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषय कुनै एउटा निकायले मात्रै जिम्मा लिएर हुँदैन, त्यसमा सबैको भूमिका हुन्छ ।’ प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै उनले अब प्रदेशसभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया