नेपाल वाल प्लास्टको दशैँ सौगात योजना
काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले दशैँलाई लक्षित गरेर ‘दशैँ सौगात’ नामक योजना बजारमा ल्याएको छ । ‘निर्माण गुणस्तरमा, मोबाइल पकेटमा’ नाराका साथ यो योजना सोमबारदेखि कात्तिक १३ गतेसम्मको लागि सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहारस्वरुप रियलमीको सी३० मोबाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँचवटै उत्पादनमा यो योजना लागू हुनेछ । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अनुमान छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया