काठमाडौं । राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनीले ल्याएको उक्त अफरमा इलेक्ट्रिक स्कुटर, फ्रिज, स्मार्ट फोन, माइक्रोओभन, हिटर, वासिङ मेसिन जित्न सकिनेछ । त्यसका साथै नगद उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ ।
जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्ने मौका बढी रहने कम्पनीले जनाएको छ । सबै उपहारहरु छठ पर्वपछि प्रदान गरिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ । यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको कम्पनीले जनाएको छ । यो अफर योजना अवधि छठसम्म रहेको कम्पनीले जनाएको छ ।
साथै अहिले कम्पनीले निःशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ राइडरले फाइदा लिनसक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया