काठमाडौं । नेपाल बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीफिन) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ । मंगलबार मनिलामा सीपीएसीले आयोजना गरेको एक समारोहबीच दुई पक्ष रणनीतिक सम्झौतामा प्रवेश गरेका हुन् । सम्झौतमा बीफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जीएलडी विक्रमासिंघेले हस्ताक्षर गरेका थिए ।
यस रणनीतिक सम्झौताको उद्देश्य दुवै संस्थाको कार्यक्षेत्रभित्र पर्ने विविध संस्थाका कर्मचारीको क्षमता विकासको क्षेत्रमा मिलेर काम गर्नु रहेको छ । यस सहकार्यले कयौँ सदस्य देशमा मानव संसाधन विकासमा मदत मिल्ने डा. आत्रेयले बताए । दुवै संगठनको पारस्परिक हित तथा रुचिको क्षेत्रमा तालिमको आयोजना गरिने र नेपालमा अन्तर्राष्ट्रिय तालिम कार्यक्रमको आयोजना गर्ने प्रस्ताव पनि उनले गरेका छन् । यस सहकार्यप्रति प्राध्यापक विक्रमासिंघेले आफ्नो खुसी व्यक्त गरेका थिए । मनिलामा कार्यक्रमहरू सञ्चालन गर्न आफूले सहायता गर्ने पनि उनले आश्वस्त पारेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया