बजार परिसूचक एक हजार आठ सय ७० दशमलव ६३ विन्दुमा
सातामा तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यस साता सेयरबजार परिसूचक एक हजार आठ सय ७० दशमलव ६३ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६७ दशमलव १४ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ७६ हजार चार सय ९१ पटकको कारोबरमा एक करोड २२ लाख ४० हजार चार सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार पाँच सय ५३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले बढी हो ।
गत साता अर्थात् दशैँअघि भने धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार ६५ हजार साता सय ३१ पटकको कारोबरमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । सोअनुसार पहिलो, चौथो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक ४४ दशमलव ६२ अंकले उकालो लागेर एक हजार आठ सय ९८ दशमलव ३८ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७८ अंकले उकालो लागेर तीन सय ७२ दशमलव २१ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक २७ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ विन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव छ अंकले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले ओरालो लागेर तीन सय ६३ दशमलव ६३ विन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक ११ दशमलव ३२ अंकले उकालो लागेर एक हजार आठं सय ६६ दशमलव ४८ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ विन्दुले उकालो लागेर तीन सय ६६ दशमलव १९ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक चार दशमलव १५ अंकले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ विन्दुले उकालो लागेर तीन सय ६७ दशमलव १४ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया