एसटीसी र सुलभ–पेबीच भुक्तानी सम्झौता
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सुलभ–पे (एन क्यास वालेट)बीच सम्झौता भएको छ । दुवै कम्पनीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता गरेका हुन् ।
सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सुलभ–पेका तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय सुलभ–पे (एन क्यास वालेट)बीच भएको सम्झौताले समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले लिएको छ ।
सम्झौतापछि सुलभ–पे प्रयोगकर्ताले सुलभ–पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने सुलभ–पेमार्फत विभिन्न व्यापार/व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया