भक्तपुर । मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौं निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सकिने बताए ।
नेपाल निर्यात परिषदसहित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र भक्तपुर उद्योग वाणिज्य संघले संघले बुधबार भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा पूर्ववाणिज्यसचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुको उत्पादनमा विविधीकरणसँगै बजारीकरणमा पनि जोड दिनुपर्ने बताए । सरकारले निर्यातयोग्य भनी पहिचान गरेका वस्तुसँगै निकासीको सम्भावना भएका अन्य वस्तुको पनि पहिचान गर्दै निकासी बढाउनुपर्ने उनको भनाइ छ । यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले निर्यात व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कारणले कमी आएको उल्लेख गर्दैै वस्तु विविधीकरणमार्फत यसलाई बढाउन सकिने उल्लेख गरे । खनालले निर्यात वृद्धिका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्न सकिने भन्दै यसमा तदारुकता देखाउन आग्रह गरे ।
निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोखरेलले स्थापनाकालदेखि नै परिषद्ले सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी निर्यात प्रवद्र्धनको माध्यमबाट देशको बढ्दो व्यापार घाटालाई कम गर्न अथक प्रयास गरिरहेको बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारहरुमा देखापरेका विविध समस्याहरुको कारण नेपाली वस्तुहरुको उत्पादन तथा निकासीमा समेत प्रत्यक्ष असर परेको बताए । यस्तै, सरकारलाई नेपालको बढ्दो व्यापार घाटाको वर्तमान अवस्था र देशको व्यापार सन्तुलन कायम गर्न आयात प्रतिस्थापन हुने गरी निर्यात वृद्धि गर्न समेत उनले आग्रह गरे ।
कार्यक्रमका सहभागी व्यवसायीहरुले नेपालमा उत्पादित वस्तुहरुको प्रतिष्पर्धा क्षमता अभिवृद्धि गरी निर्यात प्रवर्द्धनको माध्यमवाट सम्पूर्ण नेपाली वस्तुहरुको निर्यातमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य रहनुपर्नेमा जोड दिए । यस्तै उनीहरुले निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरुको उद्योग प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा, निर्यात प्रवद्र्धनलगायत अन्य विविध पक्षहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी निर्यात बढाउन माग गरे । साथै हाल निर्यात वृद्धिका समस्याका रुपमा रहेका चर्को हवाइ भाडा, दक्ष जनशक्तिको कमी, तरलताको अभावसहित चर्को बैंकिङ ब्याजदर तथा नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटलाई हटाउन समेत माग गरे । निर्यात बढाउनको लागि सरकारले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्यसहित निर्यात योग्यवस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याज उपलब्ध गराउनुपर्ने माग परिषद्ले गरेको छ ।
यस्तै, नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसँग प्रतिस्पर्धी बनाउन निर्यातमूलक उद्योग व्यवसायको लागि कम्तीमा पनि १० वर्षसम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनुपर्ने तथा विभिन्न देशहरुमा रहेका नेपाली दूतावासहरु र कूटनीतिक नियोगहरुमार्फत नेपालका निर्यातयोग्य वस्तुहरुको व्यापकरुपमा प्रचारप्रसार गराउने एवं विश्वव्यापी मान्यता प्राप्त आधुनिक ल्याबको स्थापना गर्नुपर्ने परिषदको माग छ । यसैगरि परिषद्को २५औँ वार्षिक साधारणसभा एवं सातौँ निर्यात दिवसका अवसरमा पुस २१ र २२ गतेका दिन छाया सेन्टर, ठमेलमा नेपाली निकासीयोग्य वस्तुहरुको बृहत् मेला तथा प्रदर्शनीको आयोजना गरिने भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया