मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त
जनकपुरधाम । मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीमा पूर्वसभामुख सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेशप्रमुख हरिशंकर मिश्रले प्रदेशको मुख्यमन्त्रीमा बुधबार जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरेका हुन् ।
मधेश प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेस गर्नका लागि प्रदेशप्रमुख हरिशंकर मिश्रले पुस २२ गते आह्वान गरेका थिए । सोहीबमोजिम जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र प्रदेश सभाका सदस्यहरूले सरकार गठनको लागि बुधबार दाबी पेस गरेका थिए । ६३ जना प्रदेशसभाको समर्थनसहित यादवले प्रदेशप्रमुख समक्ष सरकार बनाउनका लागि दाबी पेस गरेपछि प्रदेशप्रमुख मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा दाबी गर्नका लागि जनता समाजवादी पार्टीका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतसहितका व्यक्तिहरू प्रदेश प्रमुखको निजी सचिवालयमा पुगेका थिए ।
नवनियुक्त मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारका लागि धेरै चुनौतीहरू भएकाले सहकार्य गरेका सबै दलहरूसँग मिलेर चुनौतीको समाधान गर्दै प्रदेशको समृद्धि र विकासको पक्षमा कामकाज गर्ने बताए । उनले प्रदेशमा भ्रष्टाचार बढेकाले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापनाका लागि सक्दो प्रयास गर्ने उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया