Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसोलार फार्म र कुमारी क्यापिटलबीच सम्झौता

सोलार फार्म र कुमारी क्यापिटलबीच सम्झौता


काठमाडौं । सोलार फार्म लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आषबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सोलार फार्म लिमिटेडको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ ।

नेपालको पहिलो सोलरबाट विद्युत् उत्पादन गर्ने संस्थाको रूपमा सन् २०१७ मा स्थापित सोलार फार्मले पाँच मेगावाट क्षमताको सोलारबाट विद्युत् उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं. ५ बेल चौतारामा अवस्थित छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया