सीबीआईएल क्यापिटलको स्वतन्त्र सञ्चालकमा पाण्डे र मुल
काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त भएका छन् । कम्पनीको यही पुस २४ गते बसेको एक सय पाँचौँ सञ्चालक समितिको बैठकले साबिकका स्वतन्त्र सञ्चालकहरू रीता सुवेदी र प्रज्वलजङ पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुललाई नियुक्त गरेको हो ।
स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बीमा कम्पनीहरूमा १८ वर्षभन्दा बढीको व्यवस्थापकीय तहको अनुभव रहेको छ भने स्वतन्त्र सञ्चालक अभिजित मुलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव रहेको छ । संस्थाको मिति २०७९ पुस २६ गते बसेको १०६औँ सञ्चालक समितिको बैठकले नवनियुक्त स्वतन्त्र सञ्चालकहरूको स्वागत तथा साबिकका स्वतन्त्र सञ्चालकहरूलाई बिदाइको कायक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लि.का तर्फबाट सञ्चालकहरू पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी सञ्चय कोषतर्फबाट सुवाष खड्का, नवनियुक्त स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डे र अभिजित मुल, साविकका स्वतन्त्र सञ्चालकहरू रीता सुवेदी र प्रज्वल जङ पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया