जनकपुरधाममा १० दिने अन्तर्राष्ट्रिय व्यापार मेला
जनकपुरधाम । जनकपुरधाम क्षेत्रमा व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाम व्यापार मेलाको आयोजना गरिएको छ । जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा शुक्रबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मेलाको उद्घाटन गरेका थिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेलाको उद्घाटन गर्दै उनले यस्ता मेलाको आयोजनाले मधेश प्रदेशको व्यापार प्रवद्र्धनका साथै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने बताए । प्रदेश सरकारले उद्योगमैत्री नीति ल्याएको बताउँदै उनले मधेश प्रदेश उद्योग कलकारखानाको लागि उर्वर भूमि रहेकोले यस प्रदेशमा लगानी भित्र्याउन पनि उद्योगी व्यवसायीहरुसँग आग्रह गरे । फागुन १४ गतेसम्म चल्ने व्यापार मेलामा एक सय ५० वटा स्टलहरू छन् ।
आयोजकले प्रत्येक स्टलबाट क्षेत्रफलको हिसाबले २५ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क लिएको जनाइएको छ । त्यसैगरी आयोजकले व्यापार मेलाको अवलोकन गर्ने सर्वसाधारणबाट २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ । तर, नेपालकै अन्य ठाउँमा हुने यस्ता प्रकारको मेलामा एक सयदेखि तीन सय सम्म शुल्क राख्ने गरेका छन् । मेलामा करिब २० करोड रुपैयाँबराबरको व्यापार हुने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताए ।
व्यापार मेलाको कुल १० लाख दर्शकले अवलोकन गर्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघको रहेको छ । अन्तर्राष्ट्रिय व्यापार मेलामा स्थानीय उत्पादनका साथै, नेपाल, भारत, पाकिस्तान, बंगलादेशमा उत्पादित भएका विभिन्न प्रकारका सामग्रीहरूको प्रदर्शन रहेको छ । मेलामा इलेक्ट्रिक अटोमोबाइल्स, इलेक्ट्रिक साइकल, कार, जिप, मोटरसाइकल, स्कुटर, विभिन्न प्रकारका लुगाफाटाहरू, खाद्यान्नका सामग्रीहरू, फर्निचर, इलेक्ट्रिक तथा इलोक्ट्रोनिक्सका सामानहरू, घर निर्माणमा प्रयोग हुने विभिन्न सामानहरूको स्टलहरू रहेका छन् । यसका साथै मेलामा मिथिला पेन्टिङ पनि आकर्षणको रुपमा रहेको छ । मेलालाई थप आकर्षित बनाउन विभिन्न प्रकारको मैथिलीसहितका अन्य भाषाका सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया