काठमाडौँ । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आफ्नो अडान कायम राखेको छ । पावर सेयरिङमा उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने माग राख्दै अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीका साथै शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल गरिरहेका छन् । उनले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायबाट हुनुपर्छ भन्दै उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएका छन् ।
जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एउटा जसपाले पाउनुपर्ने आफूहरूको अडान रहेको बताएका छन् । राष्ट्रपति नपाउने निश्चित जस्तै रहेकाले आफ्नो पार्टीले उपराष्ट्रपतिका लागि सबै दलहरूसँग संवाद गरिरहेको उनको भनाइ छ ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्दादेखि जसपा पाँच दलीय गठबन्धनमा थियो । प्रचण्डले ओलीसँग मिलेर सरकार बनाउँदा जसपाका अध्यक्ष यादवको पनि साथ थियो । तर जसपा सरकारमा भने सहभागी भएको थिएन ।
प्रधानमन्त्री प्रचण्डले जसपाका लागि युवा तथा खेलकुद र वन मन्त्रालय छुट्टाएर राखेका थिए । तर, यादवले उपराष्ट्रपतिसहित थप मन्त्रालय चाहिने भन्दै प्रचण्डसँग माग गरेका थिए । जुन अडान अझै कायम रहेको जसपाले जनाएको छ ।
भागबन्डामै सहमति नभएको कारण देखाउँदै जसपा सरकारमा सहभागी नभएको बताइँदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्रीहरू बाँडफाँट गर्नेलगायतको विषयमा आफूसँग कुनै सल्लाह नगरेको गुनासो यादवको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
- दुग्ध विकास संस्थानमा १५ करोड सहुलियत कर्जाको दुरुपयोग
- स्टिलजन्य सामग्रीमा मूल्यवृद्धि
- निजी क्षेत्र परिचालन र आगामी बजेट
- पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो
- अनुत्पादक क्षेत्रका लागि ऋण नलिग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया