Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंस्थान ध्वस्त, झा मस्त

संस्थान ध्वस्त, झा मस्त


काठमाडौं,सरकारी संस्थानको दुग्ध बिकास संस्थानमा आठौं तहमा कार्यरत कर्मचारी सञ्जिव झा कृषि तथा पशुपंक्षी मन्त्रालयको बिज्ञापन नं १÷०७८÷०७९ को खुल्ला प्रतिस्पर्धात्मक बिज्ञापनमा सहभागी हुँदा पेस गरेको कागजात झुठा भएको भनि उपभोक्ता हित संरक्षण समितीले सम्माननीय सर्वोच्च अदालतमा पेस गरेको रीट निवेदन नं ०७९÷ धय÷०६७० को हालसम्म फैसला नभई रहेको अवस्थामा झा को महाप्रर्वन्धकको तोकिएको कार्यअवधि पनि गएको चैत्र १३ गते पुरा भएको छ ।

आठौं तहका कर्मचारी झाको जिएम पद कायम राख्ने बिषयमा तालुकदार कृषि मन्त्रालयको सिफारिस एवं क्याविेनेटको निर्णय समेत कतै सिफारिसको निर्णय नगरिएको बिषयमा संस्थानको सञ्चालक समितीले सो बिषयमा गरेको निर्णय प्रस्तावित निर्णय विपरित मात्र नभई संस्थानको विनियमावलीमा समेत कतै व्यवस्था नभएकोले बिनियम संशोधनको लागि दिएको निर्दैशन बमोजिम संसोधन हुन नसकी यथास्थितीमा रही रहेको अवस्थामा उक्त निर्णय कार्यान्वयन नगर्न, नगराउन अनुरोध गर्दै उच्च अदालत पाटनमा हालिएको मुद्धा बिचाराधिन रही रहेको अवस्थामा झाले हाजिर हुन पाउँ भनि दिएको निवेदनमा कुनै कारवाही नहुँदै २०८१ बैशाख २१ गते आई गत चैत्र २१ गते देखि बैशाख २१ गतेसम्मको हाजिर रजिष्टरमा जर्वजस्ती हाजिर जनाएका छन् । जवकि उनी बिद्युतीय हाजीरीमा भने बैशाख २१ गते एक दिन मात्र हाजीर भएका छन् । उक्त नियम अहिले छानविन भईरहेको छ ।

झाको कार्यकालमा संस्थाको व्यवसायीक अवस्था धरासायी मात्र भएको होईन निम्नस्तरको एउटै कर्मचारीको बाँकी रहेको लगभग करोड हाराहारीको पेश्की फस्र्र्याैटको लागि ति कर्मचारीले बारंबार ताकेता गर्दा समेत असुल उपर नहुुनुमा झाकै संरक्षण रहेको पीठित कर्मचारीहरुले बताएकाछन् । पछि महाप्रर्वन्धक झालाई यो काम गर्न उक्साउने संस्थाको प्रशासन बिभागका बिभागीय प्रमुखको हात र साथ रहेको भनी पीडित कर्मचारीहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x