सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
नुवाकोट फागुन १२, सेयर लगानीकर्ताका लागि शुक्रबार नुवाकोटको बट्टारमा लगानीकर्ता शिक्षा,सचेतना तथा तालिम कार्यक्रम आयोजना गरिएको छ ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेको तालिम कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बेधनिधि अधिकारी लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उक्त तालिम कार्यक्रमको नेपाल स्टक हाउस प्रा.लि ब्रोकर नम्बर १४ काठमाडौंले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको हो। काठमाडौं कालिकस्थानमा रहेको स्टक हाउसको नुवाकोटको बट्टार पोखरा र कैलालीको टिकापुरमा पनि शाखा कार्यालयमार्फत सेयर लगानीकर्तालाई सहजिकरण गदै आएको छ ।
सेयर लगानी गर्न इच्छुक जो कोहिलाई सेयरको समग्र पक्षका बारेमा जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गदै जाने कार्यक्रम रहेको नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरी प्रसाद रिमालले जानकारी दिए । शुक्रबार नुवाकोटमा भएको कार्यक्रममा जिल्लाका डेढ सय जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रारम्भिक चरणका लगानीकर्तालाई सुश्म तरिकाले सेयर बजारका बारेमा जानकारी दिईएको थियो ।
तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसी,नेपाल सिडिएस एण्ड क्लियर लिमिटेडको गुनासो व्यवस्थापन अधिकृत देवराज रिजाल र सेयर बजारका विश्लेषण सन्तोषराज बजगाईंले सेयर बजारका बारेमा कार्यक्रम प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : शेयर बजार, समाचार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया