राजमो बागलुङको अध्यक्षमा ढुङ्गाना निर्विरोध चयन
बलेवा । नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनले आइतबार ढुङ्गानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिएका छन् । सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दीपक थापा चयन भएका छन् । राजमो नेकपा मसालको चुनावी मोर्चा हो । दुई पार्टी एक नीति चलाएको राजमो बागलुङको यसअघिका तीन अधिवेशनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो ।
जिल्लामा अन्य पार्टीमा जस्तै राजमोमा पनि नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । जिल्लामा क्रियाशील नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)मा पनि युवा पुस्ताले नेतृत्व पाएका छन् । लामो समयपछि राजमोले नेतृत्व परिवर्तन गरेको हो । अधिवेशनले ३५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ । त्यसबाहेक ११ सदस्य रहेको वैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुङ्गो लगाएको छ । यसअघिका अध्यक्ष थापासहित ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको अध्यक्ष ढुङ्गानाले राससलाई बताए ।
जिल्ला कमिटी सदस्यमा कृष्ण पौडेल, नेत्रबहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिलबहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरिबहादुर थापा, लोकनाथ शर्मा, तीर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, विष्णु बस्नेत, पनबहादुर विक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टीकासङ्गम विक, खडक विक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र ईश्वरमान विक चयन भएका छन् ।
वैकल्पिक जिल्ला सदस्यमा प्रेमप्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जङ्गबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार चयन भएका छन् ।
यस्तै, सल्लाहकारमा अमर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टङ्कबहादुर केसी, टेकबहादुर आरसी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टीकाराम शर्मा चयन भएका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया