‘शंकरलाल गोल्ड मेडल अवार्ड’द्वारा बस्नेत पुरस्कृत
काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७औँ वार्षिक उत्सवको अवसरमा सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
उक्त पुरस्कारमा पदक, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँ समावेश छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ शाखाका डिन, विद्यावारिधि, प्रो. शशिधर राम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टिल्स लिमिटेडका मार्केटिङ डिरेक्टर रवि प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन् । जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थीलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया