सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
काठमाडौं । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सदनलाई जानकारी गराए ।
सांसद यादवले संविधानको संरक्षण, सङ्घीयताको कार्यान्वयन वर्तमान सरकारको प्रमुख कार्यभार भएको राससलाई बताए । मुलुकको आर्थिक सूचक जटिल अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कट समाधान गर्न पनि सरकारलाई विश्वासको मत दिनुपर्ने बताए ।
“कूल ग्राहस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ, किसानलाई मलमा अनुदान मात्र दिइएको अवस्था छ । सिँचाइ, बिउमा पनि थप अनुदान दिनुपर्नेछ”, उनले भने, “अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकारको ध्यान जानुपर्छ ।”
सेवा क्षेत्रको योगदान पनि घट्दै गइरहेको अवस्था रहेको भन्दै उनले बैंकले प्रवाह गर्ने कर्जा खराब क्षेत्रमा बढ्दै गएको बताए । मुलुकमा व्यापारघाटा बढ्दै गएको अवस्थामा सरकार सञ्चालनमा कठिनाइ हुँदै आएको उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया