रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
रुकुम । रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको हो । छ स्थानीय तह मिलेर बनेको रुकुमपश्चिममा तीन गाउँपालिका र तीन नगरपालिका छन् । त्यसमा सबै स्थानीय तहमा अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोट भएका पक्की विद्यालय भवन निर्माणको काम जारी छ ।
केही ठाउँमा विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा छ भने केही ठाउँमा एक तलाको काम सम्पन्न गरेर दुई तलाको काम चलिरहेको छ । सानीभेरी गाउँपालिकामा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १७ सामुदायिक विद्यालय छनोट भएकामा सबै सामुदायिक विद्यालयका भवन निर्माणको काम भइरहेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंंह घर्तीले बताए ।
त्यस्तै त्रिवेणी गाउँपालिकामा पनि सो कार्यक्रमअन्तर्गत छनोट भएका २४ सामुदायिक विद्यालयका भवन निर्माणको काम जारी रहेको गाउँकार्यपालिकाका प्रवक्ता सुन्दर ओलीले राससलाई जानकारी दिए । उनका अनुसार कुनै विद्यालय भवन ठेकेदारमार्फत निर्माण भइरहेका छन् भने कुनै स्थानीय निर्माण समितिमार्फत काम भइरहेको छ ।
निर्माणकार्य सञ्चालन भइरहेका सामुदायिक विद्यालयमा गाउँपालिकाले बेला–बेलामा अनुगमन पनि गरिहेको त्रिवेणीका प्रवक्ता ओलीले बताए । चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आठबीसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा १२, बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा १०–१० सामुदायिक विद्यालयका भवन निर्माण कार्य जारी छ ।
निर्माण भइरहेका सामुदायिक विद्यालयमा दुईकोठे, चारकोठे भवन हुनेछन् । त्यसमा दुईकोठे भवन निर्माणका लागि रु. २५ लाख र चारकोठे भवनका लागि रु. ५० लाख बजेट खर्च हुने छ । उक्त सामुदायिक विद्यालयमा भवन निर्माण गर्न चालु आवमा रुकुमपश्चिममा ९२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया