विराटनगर । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले विपद् जस्ता घटनाबाट बच्न, बचाउन सतर्क रहन निर्देशन दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतमा बसेको बैठकमा पालिकाका प्रमुख, सरोकारवाल, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रतिनिधि एवं प्रमुखको सहभागिता थियो । बैठकमा चैत–वैशाखमा सुक्खा हुने र यो मौसममा आगलागी जस्ता घटनामा वृद्धि हुने भएकाले यसबाट बच्न र बचाउन के कस्तो उपाय अपनाउन सकिन्छ, सर्प दंशबाट नागरिकको ज्यान कसरी जोगाउन सकिन्छ, बाढी र पहिराबाट हुने जनधनको क्षतिलाई कसरी न्यूनीकरण एवं नियन्त्रण गर्न सकिन्छ सुझाव लिएको थियो ।
राससका अनुसार खडेरीको मौसममा जङ्गलमा डढेलो हुन सक्ने खतरालाई नियन्त्रण एवं कम गर्न डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहलाई निर्देशन दिइएको छ । बर्सातको समयमा नदीनाला आउने बाढीले मानवबस्तीतर्फ पस्न नदिन पुलको छेउछाउ सफा राख्ने, धार परिवर्तन गर्ने, कल्भर्ट सफा राख्न पालिका प्रमुखलाई प्रजिअ भट्टराईले आग्रह गरे ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया