काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले पाएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद डा. केसीलाई हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्नु पहिलो प्राथमिकता हुने बताए । १९ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै डा. केसीले संस्थामा सबैको अपनत्व हुने गरी एकता कायम गर्न विशेष पहलकदमी लिइने बताए । उनले वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही नीति तथा ऐन कानुन निर्माणमा उल्लेख्य काम गर्न सफल भएको बताए । गत एक वर्षमा नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्यसम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवद्र्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरुको सफलतालगायतमा उल्लेख्य प्रगति भएको पत्रकार सम्मेलनमा डा. केसीले जानकारी गराए ।
उनले गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनमा गरेको प्रतिबद्धताअनुरुप अघि सारेका संघको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शितालगायतका कार्यको जग स्थापना भइसकेको बताए । उनले संघको संशोधित विधानले संघका पुनर्संरचनाका लागि स्मार्ट एनआरएनएअन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण सुरुआत गरिएको जानकारी दिए । उनले विगत एक वर्षमा संस्थाका विभिन्न गतिविधिमा सहभागी भएर बृहत् एकता कायम राख्दै अघि बढ्नको लागि सहयोग गर्ने अध्यक्षद्वय कुल आचार्य र रविना थापाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगको लागि अपेक्षा गर्दै आगामी अक्टोबरमा हुने संघको ११औँ महाधिवेशन सफल पार्न आग्रह गरे ।
पत्रकार सम्मेलनलाई अध्यक्षद्वय कुल आचार्य र रविना थापाले आआफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संस्थापक महासचिव भीम उदास, उपाध्यक्षद्वय डीबी क्षेत्री, दुर्गा आचार्य, टीबी कार्की, अर्जुन श्रेष्ठ, योगेन क्षेत्रीलगायतले शुभकामना मन्तव्य दिएका थिए । पत्रकार सम्मेलनमा डा. केसीले आगामी छ महिनाको कार्ययोजना क्यालेण्डरसहित प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया