विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छिन् । गृहमन्त्रालद्वारा शुक्रबार दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।
“विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”, उनले भनिन्, “यसोगर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्वतयारी नहुँदा पनि विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ ।
भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानवीय तथा धनजनको क्षति भएको जनाउँदै यसका लागि पूर्वतयारी आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ । उनले जनप्रतिनिधि, समाजका अगुवाहरुले पूर्वतयारीका कुराहरु सिक्नुपर्ने राससलाई बताइन् । “जनप्रतिनिधि, समाजका अगुवाहरुले विपद् पूर्वतयारीका कुराहरुमा जानकारी भएमा विपद् हुँदा उद्धारमा धेरै सहज हुन्छ”, उनले भनिन्, “यसमा ख्याल गर्नुपर्छ, विपद्को पूर्वतयारी नहुँदा उद्धार फितलो हुन्छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया