स्वरोजगार लघुवित्तको नाफा पाँच करोड २१ लाख
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २१ लाख ६२ हजार पाँच सय १६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड १७ लाख ७२ हजार चार सय ६६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६२ करोड ७२ लाख नौ सय २८ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ३६ करोड ६६ लाख ६६ हजार छ सय ४३ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७२ करोड ३८ लाख २९ हजार एक सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड १९ लाख ६० हजार दुई सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब १५ करोड ४८ लाख ४४ हजार एक सय ४५ रुपैयाँ निक्षेप संंकलन गरी सात अर्ब २३ करोड ८४ लाख ७७ हजार आठ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड २२ लाख २७ हजार चार सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया