भारतीय अर्थतन्त्रमा कोभिडको प्रभाव नसकिएको दाबी
नयाँदिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीईआई)ले कमजोर खपत, मागमा आएको संकुचन र बढ्दो लागतका कारण अर्थतन्त्र अझै प्रभावित भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार जारी भएको प्रतिवेदनमा विगतमा बलियो लचकता प्रदर्शन गरेको अर्थतन्त्र यसपटक केही संकुचित बनेको उल्लेख छ ।
यद्यपि भारतीय अर्थतन्त्रले विश्वव्यापी वृद्धिमा सुस्तता, लामो समयसम्म भू–राजनीतिक तनाव र विश्वव्यापी वित्तीय प्रणालीमा उत्पन्न भएको नयाँ घटनाहरूका बीच पनि सम्भावित उछालको नकारात्मक जोखिमहरूको सामना गर्न सक्षम रहेको आरबीआईले भनेको छ ।
आरबीआईले अनिश्चितताका बीच भारतमा निजी लगानी बढ्न नसकेको स्वीकार गरेको छ । आरबीआईले मुद्रास्फीतिको दबाब र विश्व व्यापारमा देखिएको खण्डीकरणको प्रभावले समग्र उपभोग मागलाई कम गरेकाले यसमो वृद्धिमा ढिलाई हुनसक्ने चेतावनी दिएको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भारतीय अर्थतन्त्रमा मद्यम खालको वृद्धि भएको बताएको छ । यसको कारण उच्च मुद्रास्फीति र उपभोगमा आएको कमी, निर्यात वृद्धिमा सुस्तता रहेको आरबीआईले बताएको छ ।
ग्रामीण माग कमजोर रहेको, दुईपाङ्ग्रे सवारीसाधनको बिक्रीमा निरन्तर गिरावट आएको छ । भारतीय अर्थतन्त्रमा ग्रामीण क्षेत्रले ४० प्रतिशत ओगट्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया