रोजगार मेला नियमित आयोजना गर्न सुुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेलालाई नियमित गर्न कम्पनीहरूले सुझाव दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्र्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिब छ सय रोजगारीको अवसर खुला गरेका थिए ।
मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो । मेलामार्फत करिब १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ । धेरैजसो कम्पनीहरूले रोजगार मेलामा भाग लिन आएका युवाहरूलाई मेलापश्चात थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् । मेलामा दुई हजारभन्दा बढी युवाहरूले अवलोकनका लागि रजिस्ट्रेसन गरेका थिए । कामको खोजीको लागि चारतिर भौतारिनुुपर्ने र त्यसका लागि समय, पैसासमेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउँमा कम्पनीहरू तथा कामको खोजीमा रहेकाहरूलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी युवाहरूले बताएका छन् । रोजगार मेला महासंघको वस्तुुगत परिषद्को पहलमा भएको हो ।
महासंघका कोषाध्यक्ष निरक केसीले रोजगार मेलाले कामको खोजीमा रहेका युवाहरूलाई ठूलो सहयोग गरेको बताए । रोजगार मेलामा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटनलगायतका क्षेत्रसँग सम्बद्ध कम्पनीहरूको सहभागिता थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया