‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौँ’

काठमाडौं ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशीलतामा अवरोध पु-याउने ऐनहरूलाई संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीसँग भेटेर ऐनहरू संशोधन गर्नका लागि छलफल गर्ने बताए ।
प्रधानमन्त्री जडीबुटी खेती कार्यक्रमलाई सहकारीमार्फत सञ्चालन गर्नका लागि मन्त्रालयले नीतिगत व्यवस्था गर्ने समेत उनले जिकिर गरे । वन तथा वातावरणमा पनि सहकारीमार्फत युवालाई जोड्न सकेको खण्डमा दिगो हुन्छ भन्ने विषयमा छलफल भएको उनले बताए । सहकारीमा रहेका युवालाई वन तथा वातावारणको संरक्षणमा समेत जोड्ने गरी नीतिगत व्यवस्था गर्नका लागि सहकारीसँग बसेर छलफल गर्न सकिने उनको भनाइ थियो ।
युवा उद्यमशीलता विकासका लागि सहकारीलाई परेको अप्ठ्यारो फुकाउँदै अगाडि बढ्ने बढ्न सरकार तयार भएको उनले बताए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले भोकमरी र गरिबी निवारण गर्ने कार्यमा सहकारीको योगदान रहेको बताए । उनले युवा स्वरोजगार सिर्जनाका लागि सहकारीको योगदान वृद्धि गर्न अभियान लागि परेको बताए ।
महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीले युवामा उद्यमशीलता क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले देश विकास युवाको सिर्जनात्मक उद्यमशीलताबाट मात्र सम्भव भएको बताए । महासंघका सञ्चालक तथा युवा उपसमिति संयोजक सागर ढकालले निजी क्षेत्रबाट व्यवसाय सञ्चालन गर्न सजिलो भए पनि सहकारीमार्फत व्यवसाय सञ्चालन गर्न कठिन भएको बताए । उनले सदस्यलाई प्रोजेक्ट बेसमा ऋण दिनसक्ने अवस्था बनाउनुपर्ने बताए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले सहकारीको नेतृत्व तहमा युवा समावेश गर्नुपर्नेमा जोड दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया