Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदुईवटा सहकारीको करोडौँ रकम लिएर श्रेष्ठ फरार

दुईवटा सहकारीको करोडौँ रकम लिएर श्रेष्ठ फरार


काठमाडौं ।
काठमाडौँको इन्द्रचोकमा रहेको ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्था लि. र ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष दिवाकर श्रेष्ठ सर्वसाधारणले जम्मा गरेको करोडौँ रकम लिएर फरार भएका छन् । दुवै सहकारीका अध्यक्ष रहेका श्रेष्ठसँगै सहकारी संस्थाका कर्मचारीहरू समेत सहकारीका सेयर सदस्यले जम्मा गरेको बचत रकम लिएर भागेका हुन् ।

हाल दुवै संस्थाका कार्यालयहरू बन्द रहेका छन् । स्रोतका अनुसार ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्थाले मात्र वचत कर्ताको एक सय करोडभन्दा बढी रकम फिर्ता गर्न बाँकी छ भने ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाले पनि ७५ करोडभन्दा बढी रकम फिर्ता गर्न बाँकी छ ।

यी दुवै संस्थाका अध्यक्ष श्रेष्ठले संस्थामा केही आफन्त र कर्मचारीहरूलाई सञ्चालक बनाएर अधिकांश रकम स्वयम् आफैँले चलाएका थिए । सहकारी संस्थामा पाँच हजारदेखि करोडौँ रकम बचत गर्ने सदस्यहरू रहेका थिए । आक्रोशित सदस्यहरूले सहकारी र अध्यक्ष श्रेष्ठको घरमा समेत धर्ना दिएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया