Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिफ्रेन्डसिप साकोस जिरीको १२औं सेवा केन्द्र चरीकोटमा

फ्रेन्डसिप साकोस जिरीको १२औं सेवा केन्द्र चरीकोटमा


दोलखा ।
दोलखाको जिरी नगरपालिकामा रहेको एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाले भीमेश्वर नगरपालिकाको चरीकोटमा १२औं सेवा केन्द्र विस्तार गरेको छ । एकीकृत फ्रेन्डसिप साकोसले सदरमुकाम चरीकोटमा स्थापना गरेको सेवा केन्द्रको आइतबार प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (प्रोस्कुन) वाग्मतीका अध्यक्ष उद्वव सापकोटाले उद्घाटन गरे ।

उद्घाटनसँगै चरीकोट सेवा केन्द्रले आइतबारदेखि नै सेवा विस्तार गरेको छ । योसँगै मुख्य कार्यालयसहित एकीकृत फ्रेन्डसिप साकोसको १२ वटा सेवा केन्द्र पुगेको संस्थाका अध्यक्ष भूमिराज खड्काले जानकारी दिए । खड्काको अध्यक्षतामा भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा चरीकोट सेवा केन्द्र उपसमितिको पदस्थापना गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले संस्थाको गतिविधि तथा प्रगतिका सम्बन्धमा संस्थाको कारोबार एक अर्ब ४५ लाख नागेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. वाग्मतीका अध्यक्ष उद्वव सापकोटा, नेप्स्कुनका सञ्चालक सदस्य एवं (प्रो–स्कुन) वाग्मतीका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईलगायतको उपस्तिथि रहेको थियो । चरीकोट सेवाकेन्द्र उद्घाटनकै दिन संस्थामा ६२ लाख ७३ हजार पाँच रूपैयाँ बचत संकलन गर्न सफल भएको चरीकोट सेवाकेन्द्र प्रमुख प्रविण कुमार खतिवडाले जानकारी दिए । एकीकृत फ्रेन्डसिप सहकारी जिरीको सबैभन्दा बढी आर्थिक कारोबार र सदस्य आबद्ध भएको सहकारी हो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया