Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअलैंची किसान चिन्तित

अलैंची किसान चिन्तित


महेन्द्र शाही
सोलुखुम्बु, पुस २९
अलैँची उत्पादनमा गिरावट आएसँगैै सोलुखुम्बुको लिखुपिके क्षेत्रका कृषक चिन्तित बनेका छन् । अलैँचीको पकेट क्षेत्र मानिने लिखुपिकेमा केही वर्षयता रोग तथा कीराका कारण अलैंची उत्पादनमा निरन्तर गिरावट आएसँगै कृषक चिन्तित बनेका हुन् । करिब ४ वर्षयता भाउ ओरालो लागेसँगै उत्पादनमा समेत भारी गिरावट आउँदा कृषक दोहोरो मारमा परेका छन् ।

गत वर्ष ४ देखि ५ मनसम्म उत्पादन भएको बारीमा यस वर्ष १ देखि २ मन सम्म मात्रै उत्पादन भएको १५ वर्षदेखि अलैँची खेती गर्दै आएका कृषक प्रेमबहादुर बस्नेतको भनाइ छ । सबैतिरबाट पीडा भइरहेको उनको भनाइ छ । करिब ३ वर्ष अघिसम्म प्रतिकिलो दुई हजार पाँच सय रूपैँयासम्ममा बिक्री भएको अलैँची अहिले प्रतिकिलो पाँच सय रूपैँयामा पनि बिक्री हुन छोडेको कृषकले बताएका छन् ।

मनमा बिक्री हुने अलैँची ३ वर्ष पहिलेसम्म मनको एक लाखभन्दा बढीमा बिक्री गरेको बताउने किसान अहिले उत्पादन कम भएको तथा बिक्री पनि मनमा २० हजारमा पनि बिक्री नभएको बताउँछन् । उनीहरूका अनुसार पात सुक्ने, झर्ने, फल लाग्ने समयमा फूलमा ढुसी आउनेजस्ता समस्याले अलैँची खेती ओरालो लागेको हो ।

अलैँची खेती ओरालो लागेसँगै कृषकहरू अन्य खेती गर्नतर्फ लागेका छन् । केहि वर्षसम्म राम्रो आम्दानी हुँदा खेतबारी मासेर अलैँची लगाएका कृषकहरू यतिखेर धमाधम किबीलगायतका अन्य खेतीतर्फ आकर्षित भएको अर्का किसान शिवबहादुर बस्नेतले बताए । यो क्षेत्रको माटोमा समस्या देखिएकाले अहिललाई नयाँ अलैँचीका बिरुवा नलगाउन गाउँपालिकाले नै सबै किसानलाई अनुरोध गरेका छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया