Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिईएग्रिकल्चरले देशमा कृषिक्रान्ति ल्याउने

ईएग्रिकल्चरले देशमा कृषिक्रान्ति ल्याउने


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले सूचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषिक्रान्ति ल्याउने बताएका छन् । मन्त्री यादवले राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको १२औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई नेपालमै बसेर कृषिक्षेत्रमा सूचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयातमुखी मुलुकबाट परिवर्तन गरी निर्यातमुखी मुलुकमा परिणत गर्न आह्वान समेत गरे ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एपीयूसँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको उनले बताए । मुलुककै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले आफ्नो स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आबद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि र व्यापार व्यवस्थापनजस्ता अत्याधुनिक विषयहरुको पठनपाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा गर्व लागेको कार्यक्रमको अध्यक्षता गरिरहेका कलेजका अध्यक्ष पंकज जालानले बताए ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक युनिभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमै अन्तर्राष्ट्रिय सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउँदै आएको छ । १५० जना विद्यार्थी दीक्षित भएको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया