ललितपुरका दुई सहकारीबीच मर्जर सम्झौता
ललितपुर। ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ ।
ललितपुरमा दुई संस्थाका अध्यक्षबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईले हस्ताक्षर गरेका छन् । सहकारी ऐन –२०७४, नियमावली–२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका–२०७७ को अधीनमा रही एकीकरण सम्झौता भएको बताइएको छ ।
सम्झौतापत्रमा दुई सहकारी एकीकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा लालीगुँरास बहुउद्देश्यीय सहकारीका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चार्टर्ड एकाउन्टेन्ट (सीए) गोविन्द शर्मा गैरे तथा स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चार्टर्ड एकाउन्टेन्ट प्रयास श्रेष्ठ रहेका छन् । सम्झौतालगत्तै दुई ठूला श्री लालीगुँरास र स्टारबीचको मर्जरप्रक्रिया सुरु भएको छ । ललितपुरका दुई ठूला संस्थाबीचको सम्झौताले दुवै संस्थाका सञ्चालक समिति, उपसमिति र सेयर सदस्यमा थप ऊर्जा बढ्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया