बाह्र बुँदे सङ्कल्प जारी गर्दै सकियो सहकारी व्यवस्थापकको राष्ट्रिय गोष्ठी
काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ ।
सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।
राससका अनुसार गोष्ठीले बचत तथा ऋण सहकारीको सेवा स्तरीकरण, संस्थागत दिगोपना र फरक पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि आवश्यक पैरवी गर्ने समेत निर्णय गरेको छ ।
गोष्ठीले जारी गरेको साझा प्रतिबद्धतामा नेफ्स्कूनका सदस्य सङ्घसंस्थालाई जारी गरिएको एकीकृत स्वनियमन मार्गनिर्देशन पालना गर्ने, प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थागत विकास तथा सुदृढीकरण गर्ने उल्लेख छ । साथै कोभिड–१९ पछि तरलतालगायत कारणले सङ्कटमा पर्न गएका संस्थाको सुरक्षाका लागि स्वजागरण सहजीकरण प्रणाली विकास र कार्यान्वयन गर्ने गर्ने जनाएका छन् ।
सहकारीको मूल्य र सिद्धान्तमा आधारित व्यावसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धति र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम शर्तहरु पालना गराउने गोष्ठीमा प्रतिबद्धता जनाइएको छ ।
साझा प्रतिबद्धतामार्फत बचत तथा ऋण सहकारीका लागि व्यवस्था गरिएका नियामकीय प्रबन्ध पूर्णरुपमा कार्यान्वयन, जोखिमको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने र नियमित जोखिम सुपरीवेक्षण गर्न सीइओहरु सहमत भएका छन् ।
वित्तीय सेवा सबै समुदाय र वर्गमा न्यून लागतमा प्रवाह गर्न प्रविधिको प्रयोग बढाउने, उत्पादन र उत्पादकत्व बढाउन रू. पाँच करोडभन्दा माथि कारोबार गर्ने संस्थाले अनिवार्य व्यवसाय विकास सेवा कक्ष स्थापना गर्ने र जनशक्ति व्यवस्थापनमार्फत सदस्यलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
देशभरका करिब चार सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखको सहभागिता रहेको गोष्ठीले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने सङ्कल्प प्रस्ताव पारित गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया