काठमाडौं । सुरुवाती कारोबार दिन नैं शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । सो अनुसार साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक १६ दशमलव ५४ अंकले ओरोलो लागेर २६ सय ३२ दशमलव ९६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८४ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५१ वटा कम्पनीहरुको ४४ हजार नौं सय ४२ पटकको कारोबारमा ७६ लाख ९९ हजार दुई सय २७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार नौं सय ६५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहको सुचक ओरालो लाग्दा शेयर बजार राताम्मै देखिएको छ ।