काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयर रजिस्टरमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । सेयर रजिस्टार नियुक्त मुक्तिनाथ क्यापिटलले माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अध्याबधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्ने छ ।