काठमाडौं । शेयर बजार परिसुचक नेप्से झिनो अंकले ओरालो लागेको छ । अघिल्लो दिन ३० दशमलव शुन्य नौं अंकले ओरालो लागेको नेप्से पसरसुचक आज शुक्रबार एक दशमलव १३ अंकले ओरालो लागेर २६ सय दशमलव ७८ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले ओरालो लागेर चार सय ५३ दशमलव ६० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ६७ वटा कम्पनीहरुको ५३ हजार चार सय ३२ पटकको कारोबारमा एक करोड छ लाख ६० हजार पाँच सय ३७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब ८६ करोड सात लाख १८ हजार छ सय ५८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जीवन बीमा र अन्य समुहको सुचक ओरालो लागेकाछन् भने निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।