Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेटलाइफको ‘वान वाइ मिट लाइफ’ एप

मेटलाइफको ‘वान वाइ मिट लाइफ’ एप


मेटलाइफ नेपालले बीमा र स्वास्थ्य सेवाहरू एउटै प्लेटफर्ममा संयोजन गरी देशमै पहिलो किसिमको मोबाइल एप वान वाइ मिट लाइफ सार्वजनिक गरेको छ । डिजिटल माध्यमद्वारा स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यसहित यो एप सुरु गरिएको मेटलाइफले जनाएको छ ।

आइतबार मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एपको शुभारम्भ गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ अधिकृत सञ्जीव कपुर, एसिया वितरण प्रमुख योङ हो हान, एसिया प्रमुख सोलुसन्स डेलिभरी कोक चोए वङ तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो ।

वान वाइ मिट लाइफले बीमा पोलिसीलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्तालाई उनीहरूको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउँछ । मेटलाइफका ग्राहकहरू आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका बारेमा सूचना प्राप्त गर्न, मेटलाइफका विभिन्न बीमा सुविधा तथा सेवाका बारेमा खोजी गर्न, बीमा सुविधाको प्रिमियम गणना गर्न, एजेन्टलाई सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

वान वाइ मिट लाइफको एपमा रहेको तीन सय ६० हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानलाई डिजिटल बीमा सेवासँग सहजरूपमा एकीकृत गरेको बताइएको छ । तीन सय ६० हेल्थ प्रयोगकर्तालाई उनीहरूको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रियरूपमा प्रबन्ध गर्न मिलोस् भनी सिर्जना गरिएको बताइएको छ । यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरू लामो समयसम्म स्वस्थ रहन सकून् भन्ने पनि रहेको बताइएको छ । नेपालमा एक चौथाइ जनसंख्या उच्च रक्तचापबाट पीडित रहेको र क्यान्सर, हृदय रोग र पक्षघातजस्ता गम्भीर रोगहरू मृत्युको प्रमुख कारणहरू हुन् ।

तीन सय ६० हेल्थ प्रयोग गर्ने मेटलाइफका ग्राहकले आफ्नो हृदयको गति, रक्तचाप तथा स्वास्थ्य विवरणहरूको निगरानी विनाहको कृत्रिम बौद्धिकताद्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधामार्फत राख्न सक्छन् । यसबाट उनीहरूले अपोइन्टमेन्ट बुकिङ, घरमै परीक्षण, एम्बुलेन्स सेवा, भर्चुअल चिकित्सक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञबाट दोस्रो राय लिनेजस्ता सेवाहरूको उपभोग समेत गर्न सक्ने बताइएको छ । यसमा गैरग्राहकका लागि पनि विभिन्न सेवाहरू उपलब्ध रहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका प्रमुख मार्केटिङ अधिकृत सञ्जीव कपुरले तीन सय ६० हेल्थको विश्वव्यापी विस्तार भनेको मेटलाइफले आफ्ना ग्राहकको जीवनमा ल्याउने मूल्यको प्रमाण रहेको र उनीहरूको जीवन यात्राको प्रत्येक चरणमा उत्कृष्ट सुविधाहरू प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया